काठमाडौं । काठमाडौं प्रहरी परिसरले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी लिन अस्वीकार गरेकाे छ ।
प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन भन्दै लिन नमानेको नेताहरुले बताएका छन् ।
डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरू प्रहरीमा मुद्दा दर्ता गराउन प्रहरी परिसर टेकु पुगेका थिए । तर प्रहरीले जाहेरी लिन नमानेको र महोत्तरी जान भनेपछि प्रहरी र नेताहरूबीच चर्काचर्की भएको समेत थियाे ।
पार्टीका नेता विश्वदीप पाण्डेले एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जान भनेको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, जबकि कानुनले नजिकको प्रहरी र यथाशिघ्र समयमा जाहेरी गर्ने भनेको छ । प्रहरी परिसर टेकुमा एसएसपी गायब । अहिले जाहेरी लिन नमानेको अवस्था छ । कानुनभन्दा माथि ओली सरकार ?
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७