काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध तत्कालीन समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्मन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आराेपमा जाहेरी दिएकाे छ ।
पार्टी फुटाउनका लागि महोत्तरी पुगेर आफ्ना सांसद यादवलाई अपहरण गरिएको जनता समाजवादी पार्टीले आरोप लगाएको छ ।
बस्नेत र खनालविरुद्ध उजुरी दिन डाक्टर बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।
आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर सांसद् यादवले अपहरण र शरीर बन्धक बनाएको भन्दै जाहेरी दिएका हुन् ।
वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई पूर्व आइजिपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीले लगाउँदै आएको छ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७