काठमाडाैं । पर्साको वीरगन्जमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय प्रयोगशालामा भएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
उनीहरु दुवै जना ५० वर्षीय पुरुष भएको र उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयका अनुसार छपकैयाको मस्जिदमा बसेका ३ भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको थ्राेट स्वाब संकलन गरिएकामध्ये २ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।
योसँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ भने १२ जना निकाे भएर घर फर्किएका छन् ।
संक्रमित दुवै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुवैजना वीरगन्ज महानगरपालिका छपकैयाका स्थानीयबासी भएको बताइएको छ ।
यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी हुन् । अर्का व्यक्तिलाई सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७