बैतडी । शुक्रबार चट्याङ लागेर बैतडीमा ३ जना घाइते भएका भएका छन् । डिलाशैनी गाउँपालिका ६ कुय्यादहका एकै घरका ३ जना घाइते भएका हुन् ।
घाइते हुनेमा हेमन्ती लुहार, सुनिता लुहार र भुरी लुहार रहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर उनीहरूको शरीर जलेको र गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको बैतडीका प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।
शुकबार राति ९ बजेतिर परेको चट्याङका कारण त्यस क्षेत्रमा विद्युत सेवासमेत अवरुद्ध भएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७