काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ९१ हजार ४ सय २२ पुगेको छ । संक्रमितको संख्या भने २७ लाख ३६ हजार १ सय ७३ पुगेको छ ।
संक्रमितमध्ये ७ लाख ५१ हजार ७ सय ९९ जना उपचारपछि निको भएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण ८ लाख ८६ हजार ७ सय ९ जना संक्रमित हुँदा ५० हजार २ सय ४३ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख १३ हजार २४ जना संक्रमित हुँदा २२ हजार १५७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, इटालीमा संक्रमितको संख्या १ लाख ८९ हजार ९ सय ७३ पुग्दा २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ५८ हजार १८३ जना संक्रमित छन् भने २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।
जर्मनीमा १ लाख ५३ हजार १ सय २९ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ५ सय ७५ पुगेको छ ।
बेलायतमा १ लाख ३८ हजार ७८ संक्रमित हुँदा १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।
भारतमा पनि संक्रमितको संख्या एकैदिन १ हजारको दरले बढेर २३ हजार ५ सय २ पुगेको छ भने ७ सय २२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, पाकिस्तानमा संक्रमितको संख्या ११ हजार १ सय ५५ पुग्दा २ सय ३७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७