कतारमा विभिन्न कसूरमा जेल जीवन बिताइरहेका १७ जना नेपालीले आममाफी पाएका छन् ।
कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले विश्वमा फैलिरहेको महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्थालाई मध्यनजर गर्दै कैदीहरूलाई आममाफी दिने घोषणा गरेका हुन् ।
सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७