काठमाडौं । साइबर क्राइम मुद्दामा पूर्वसचिव भीमप्रसाद उपाध्याय पक्राउ परेका छन् ।
उपाध्यायलाई प्रहरीले बुधबार राति ९ बजे ललितपुरस्थित कुसुन्तीबाट पक्राउ गरेकाे हाे । फेसबुक र ट्वीटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
उपाध्याय सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका छन् । उपाध्यायलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७