बाजुरा । बाजुराको बडिमालिका नगरपालिका-३ रजालीको घोगाली गाउँका ३ बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय ईश्वरी खड्काका १४ वर्षीय छोरा रवीन्द्र खड्का र ११ वर्षीय लोकेन्द्र खड्का र सोही गाउँका कर्ण खड्काका ९ वर्षीय छोरा देवेन्द्र खड्का छन्।
घाइते ३ बालकको अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ । घाइतेमध्ये लोकेन्द्रको अवस्था गम्भीर रहेको वडाध्यक्ष वीरबहादुर रावलले जानकारी दिए ।
मंगलबार दिउँसो घर नजिकै रातोमाटो खन्ने क्रममा ढिस्को खस्दा उनीहरु पुरिएका थिए । गम्भीर घाइते बालकको जिल्ला अस्पतालबाट थप उपचारका लागि बयालपाटा अस्पताल रेफर गरिएको छ।
बालकहरुलाई स्थानीयवासीले माटोबाट निकालेर जिल्ला अस्पताल पुर्याइएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७