काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण फैलिन सक्ने भन्दै सरकारले देशव्यापी लकडाउन लागू गरेपछि हातमुख जाेर्न समस्या भएका धनुषाका नागरिकलाई सत्तारुढ दल नेकपाकाे भ्रातृ संगठन धनुषा काठमाडाैं सम्पर्क मञ्चले सहयाेग गरेकाे छ ।
धनुषा जिल्लाका विभिन्न स्थानबाट राजधानी काठमाडाैं आएर अध्ययन गर्ने र राेजगारी गर्नेहरूलाई लकडाउनका कारण समस्या भएपछि मञ्चले खाद्यान्न सामग्री प्रदान गरेकाे हाे ।
लकडाउनका कारण बिहान बेलुका हातमुख जोर्न गाह्रो परेका झण्डै ३० जनालाई उनीहरू बसेकाे डेरामा नै पुगेर राहत वितरण गरिएकाे मञ्चका अध्यक्ष किरण कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार मञ्ले बुधबार पनि समस्यामा परेका अन्यकाे पहिचान गरी राहत वितरण गरिने छ । यसैगरी घर जान चाहनेलाई पनि सरोकारवालाहरूसँग सहकार्य गरी घर पठाउने तयारी गरिएकाे कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७