काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले लकडाउनका कारण समस्यामा परेका कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट काठमाडाैंमा आएर बसेका जनतालाई राहत उपलब्ध गराएका छन् ।
१ महिनाभन्दा लामाे समयका लागि लकडाउन घाेषणा भएपछि समस्यामा परेका कर्णालीका जनतालाई उनले सहयाेग गरेका हुन् ।
भक्तपुरदेखि थानकोटसम्म बस्नेहरूकाे काेठाकाेठा पुगेर उनले खाद्यान्न सामग्री वितरण गरेका हुन् । कालिकोटबाट आएर मजदुरी गर्ने, बिरामी र विद्यार्थीहरुलाई उनले १ हजार ७ सय किलाे चामल, १ सय ७० किलाे दाल, १ सय ५० प्याकेट तेल वितरण गरेका हुन् ।
उनले कालिकोटसँगै दैलेख, मुगु, सुर्खेत, जाजरकोटका २ सय परिवारलाई पनि सहयाेग गरेका छन् । अझै पनि अप्ठ्यारोमा परेकाहरूलाई आफूले सकेकाे सहयाेग जारी राख्ने नेता शाहीले जानकारी दिएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७