जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छरेर फरार रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०/४५ वर्षका रहेको उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्ररूपले भइरहेको छ ।
बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ ।
प्रहरीले रूपैयाँ छर्ने महिलाको खोजी भइरहेको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाले कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा आग्रह गरेको छ । रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७