काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाे जल तथा मूसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार बिहानैदेखि काठमाडौंलगायत देशका कतिपयउ ठाउँमा मेघगर्जन सुरु भएको छ । यो विस्तारै देशका प्रायः सबै स्थानमा सुरु हुने उनले बताइन्।
मौसविद् बासीका अनुसार आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ ।
आज सामान्य वर्षा भए पनि पानी पर्नेभन्दा पनि हावाहुरी र चट्याङबाट सचेत रहन बासीले आग्रह गरिन् ।
महाशाखाका अनुसार शुक्रबार र शनिबार अरू धेरै ठाउँमा पानी पर्ने छ । अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्न लागेकाले भोलि र पर्सि देशभरिकै मौसम बदली भई देशका विभिन्न ठाउँमा चट्याङ, हुरीबताससहित केही ठाउँमा असिना पानी पर्ने सम्भावना छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७