काठमाडाैं । दार्चुलामा चट्याङ लागेर १ बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका ७ वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो ।
घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
घटनामा अन्य ५ जना घाइते भएका छन् । राति ८ बजे घरमा चट्याङ परेको हो । चट्याङ लागेर सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको छ ।
यस्तै व्याँस गाउँपालिका–५ धौलाकोटमा चट्या लागेर एक भैँसी र एक बाख्रासमेत मरेको छ ।
त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा आज बिहान परेको चट्याङले १ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
मृत्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ । सोही वडामा चट्याङ परी ३ जना घाइते भएको समाचार छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७