काठमाडौँ । नेपाल प्रहरीतर्फ १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।
प्रहरी नियमावली २०७१ (संसोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस समितिको यही चैत २८ गतेको निर्णयले बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
बढुवा सिफारिसमा परेका एसएसपीहरुमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक,सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र अरुणकुमार बिसी छन् ।
गृहसचिवको नेतृत्वमा रहेकाे बढुवा समितिकाे सिफारिसका आधारमा अब मन्त्रिपरिषदले उनीहरुको बढुवाकाे निर्णय गर्ने छ ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६