काठमाडौं । संघीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड १ लाख ३२ हजार ८ सय रुपैयाँ जम्मा गरेको छ ।
संघीय संसद् सचिवालयका अनुसार मंगलबार सो रकम जम्मा गरिएको हो । कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान ६७ हजार ३ सय २० रुपैयाँ जम्मा गरेका छन् ।
राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले ७० हजार ७ सय ३० रुपैयाँ जम्मा गरेकी छिन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका तर्फबाट १ सय ९५ जना सांसदको ६३ लाख २ हजार ५ सष ९० रुपैयाँ कोषमा जम्मा गरिएको छ ।
संघय समाजवादी फोरमका सांसद प्रदीप यादवको ६४ हजार ७०, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलको ३२ हजार ३५ रुपैयाँ कोषमा जम्मा गरिएको छ ।
सभामुख, अध्यक्ष तथा सांसदको निजी सचिवालयका कर्मचारीको २१ लाख ४६ हजार ८ सय ५६, सचिवालयका स्थायी कर्मचारीको ११ लाख १७ हजार ९ सय ७९, करारका कर्मचारीको २ लाख ६३ हजार ९ सय रुपैयाँ जम्मा गरिएको छ ।
कोषका हालसम्म १ अर्ब ८३ करोड ७७ लाख ८० हजार ६ सय २० रुपैयाँ रकम जम्मा भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६