टीकापुर । उच्च शिक्षा अध्ययनको सिलसिलामा अस्ट्रेलियाको मेलबर्नमा रहेका कैलाली टीकापुरका हिरण्य रावलले कोरोना पीडितको राहतका लागि ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
टीकापुर नगरपालिकाद्वारा स्थापना गरिएको नोवेल कोरोना भाइरस काेभिड-१९ राहत वितरण तथा रोकथामका लागि आकस्मिक कोषमा जम्मा हुने गरी रावलले उक्त रकम आइतबार उपलब्ध गराएको टीकापुर नगरपालिकाले जनाएको छ ।
रावलले पठाएको उक्त सहयोग राशि उनकी भान्जी गीता कुवरले नगर प्रमुख तपेन्द्रबहादुर रावललाई हस्तान्तरण गरेकी थिइन् ।
कोरोनाका कारण उत्पन्न महासंकटमा आ- आफ्नो तर्फबाट सक्दो सहयोग गर्न विश्वभर छरिएर रहेका नेपालीहरुलाई रावलले आग्रह पनि गरेका छन् ।
कोरोना महामारीका कारण अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई रोजीरोटीको संकट भएका बेला मनकारी हिरण्य रावलले गरेको यो सहयोगप्रति टीकापुर नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६