काठमाडाैं । गीतकार युवराज अधिकारीकाे पछिल्लाे रचना आँसु आफैँ, विश्वास गर र एक्लै एक्लै गीत बजारमा आएका छन् ।
वि.सं. २०६४ सालदेखि गीति लेखनमा सक्रिय अधिकारीकाे रचनामा रहेका यी गीतहरु करिब ३ महिनाअघि रेकर्ड गरिएका हुन् । अधिकारीकाे रचना रहेकाे गीत विश्वास गर मा कुवेर राईले स्वर दिएका छन् भने एक्लै एक्लै प्रमाेद खरेलले गाएका भने यस गीतमा संगीत सुरेश अधिकारीकाे छ ।
यसैगरी आँसु आफैँ बाेलकाे गीत स्वरूपराज आचार्यले गाएका छन् भने सगीत सुरेश अधिकारीकै रहेकाे छ । यस गीतकाे भने म्युजिक भिडियाे पनि सार्वजनिक भइसकेकाे छ भने अन्य २ गीतकाे भने लिरिकल भिडियाे मात्रै सार्वजनिक गरिएकाे छ । यी गीतकाे पनि चाँडै म्युजिक भिडियाे बनाउने साेचमा छन् उनी ।
इलामको आइतबारे बजारमा जन्मिएका गीतकार अधिकारी स्कुले जीवनदेखि नै साहित्यिक प्रतियोगितामा भाग लिन्थे । प्रतियोगिताहरुमा पुरस्कारसमेत जितेको अनुभव छ उनीसँग ।
कवि बैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ कविता पढेपछि आफूलाई लेखनमा प्रेरणा मिलेकाे बताउने अधिकारी आफू निरन्तर गीत लेखनमा सक्रिय हुने बताउँछन् ।
हेर्नुस् भिडियाेः
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६