दैलेख । क्वारेन्टाइनमा राखिएकालाई कम्तीमा १४ दिन निगरानीमा राख्नुपर्ने सरकारी तथा कोरोनासम्बन्धी मापदण्ड भए पनि दैलेखको एक स्थानीय तहले २ दिनमै घरमा पठाइदिएको छ।
महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा राखिएका २१ जनालाई निगरानी राख्नुपर्ने दिन पूरा नहुँदै घरघरमा पठाइएको हो ।
क्वारेन्टाइनमा राखिएका मानिस विदेशबाट नआई आफ्नै मुलुकका विभिन्न जिल्लाबाट आएको हुँदा घरमा पठाइएको गाउँपालिका प्रमुख जंगबहादुर शाहीले बताए ।
महाबुगाउँपालिकामा २९ जना भारतबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले क्वारेन्टाइनमा राखिसकेपछि कम्तीमा मापदण्ड पूरा गर्नुपर्ने सुझाव आफूले दिएको बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६