विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट सोमालियाका पूर्वप्रधानमन्त्रीको निधन भएको छ ।
पूर्वप्रधानमन्त्री नूर हसन हुसेनको कोभिड १९ बाट मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
कोभिड १९ देखिएपछि हुसेन बेलायतको ‘लन्डन अस्पताल’मा भर्ना भएका थिए । कोभिड १९ देखिएको ५ दिनपछि उनको मृत्यु भएको हो । उनी ८३ वर्षका थिए ।
सोमालियामा सन् २००७ को नोभेम्वरदेखि २००९ को फेव्रुअरीसम्म उनी प्रधानमन्त्री थिए ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६