कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ४७ हजार २ सय ४५ पुगेको छ ।
पछिल्लो विवरणअनुसार संसारभरि ९ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट संक्रमित भएका विश्व स्वास्थ्य संगठनले आज सार्वजनिक गरेकोे छ ।
चीनको हुबे प्रान्तको उहान सहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।
इटालीमा १ लाख १० हजार ५ सय ७४ कुल संक्रमित भएका छन् भने, १३ हजार १ सय ५५ जनाको मृत्यु भएको छ । यसैबीच १६ हजार ८ सय ४७ निको भएर फर्किएका छन् ।
स्पेनमा १ लाख ४ हजार १ सय १८ जना संक्रमित भएका छन् भने ९ हजार ३ सय ८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६ सय ४७ निको भएर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा २ लाख १५ हजार ३ सय संक्रमित भएकामा ५ हजार १ सय १० जनाको मृत्यु भएको छ । यसैबीच ८ हजार ८ सय ७८ निको भएर फर्किएका छन् ।
फ्रान्समा ५६ हजार ९ सय ८९ कुल संक्रमित भएका छन् भने ४ हजार ३२ को मृत्यु भएको छ । यसैबीच १० हजार ९ सय ३५ निको भएर फर्किएका छन् ।
चीनमा ८१ हजार ५ सय ५४ कुल संक्रमित भएका छन् भने, ३ हजार ३ सय १२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २ सय ३८ निको भएर फर्किएका छन् ।
इरानमा ४७ हजार ५ सय ९३ कुल संक्रमित भएका छन् भने, ३ हजार ३६ को मृत्यु भएको छ । यसैबीच १५ हजार ४ सय ७३ निको भएर फर्किएका छन् ।
बेलायतमा २९ हजार ४ सय ७४ कुल संक्रमित भएका छन् भने, २ हजार ३ सय ५२ को मृत्यु भएको छ । यसैबीच १ सय ३५ निको भएर फर्किएका छन् ।
नेदरल्यान्ड्समा १३ हजार ६ सय १४ कुल संक्रमित भएका छन् भने, १ हजार १ सय ७३ को मृत्यु भएको छ । यसैबीच २ सय ५० जना निको भएर फर्किएका छन् ।
जर्मनीमा ७७ हजार ९ सय ८१ कुल भएका छन् भने, ९ सय ३१ को मृत्यु भएको छ । यसैबीच १८ हजार ७ सय निको भएर फर्किएका छन् ।
बेल्जियममा १३ हजार ९ सय ६४ कुल संक्रमित भएका छन् भने, ८ सय २८ को मृत्यु भएको छ । यसैबीच २ हजार १ सय ३२ निको भएर फर्किएका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६