काठमाडाैं । पाटन अस्पताल र वीर अस्पतालमा सोमबार मृत्यु भएका बिरामीको रिपोर्टमा काेभिड-१९ (काेराेना भाइरस)काे संक्रमण नरहेकाे पाइएको छ ।
काेराेना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाे आशङ्कामा उनीहरूको नमुना परीक्षण गरिएकाेमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
सोमबार वीर अस्पतालमा २ र पाटनमा १ जना बिरामीको मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६