नेपाल एयरलाइन्सको विमान नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेको छ।
कोरोना परीक्षणका लागि नमुन लिन नेपालगञ्ज पुगेको नेपाल एयरलाइन्सको वाई-१२ जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेको हाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमान चिप्लिएर रनवे (धावनमार्ग) बाहिर घाँसे मैदानमा पुगेका जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले कोरोनाको परीक्षणका लागि संकलन भएको नमूना लिन जहाज चार्टर गरेको थियो ।
उनले धावनमार्ग बाहिर पुग्दा विमानमा सामान्य क्षति भएको र विमानमा रहेका सबै सकुशल रहेको जानकारी दिए।
सो विमानमा ५ जना मेडिकल टोली र चीनबाट ल्याएको स्वास्थ्य सामग्री रहेको उनले जानकारी दिए।
तीव्र हावा चलेकाले विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेकाे बताइएकाे छ ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६