बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस भएको पुष्टि भएको छ। उनका मुख्य चिकित्सक क्रिस व्हिटीले जोनसनलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन् ।
उनी ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीँबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
जोनसन संक्रमित भएपछि उनको सरकारलाई संकट परेको छ । उनीसँगै अन्य मन्त्री, वरिष्ठ व्यक्ति, मुख्य चिकित्सक व्हिट्टी सँगै जोनसनकी गर्भवती श्रीमतीलाई समेत कोरोनाको आशंका गरिएको छ ।
एक भिडियो सन्देशमा जोनसनले भनेका छन्, ‘मलाई कोरोना भाइरसका सामान्य लक्षण देखिएको छ । ज्वरो र लगातार खोकी लागेकाले मेरो परीक्षण गरिएको छ । त्यसैले म घरबाटै काम गरिरहेको छु । सेल्फ क्वारेन्टाइनमा छु ।’
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६