विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि ५ लाख ३२ हजार ६ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित व्यक्तिहरूमा १ लाख २४ हजार ३ सय ४९ जना उपचारपछि घर फर्किएका छन्
चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ ।
यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको संक्रमणका कारण ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ । हाल ८० हजार ५ सय ८९ जना संक्रमित रहेका छन् । दश हजार ६१ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ । हाल ५७ हजार ७ सय ८६ जना संक्रमित छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार ७ हजार १५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमणबाट चीनमा ३ हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ३ सय ४० जना संक्रमित छन् । यसैबीच ७४ हजार ५ सय ८८ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा कोरोना भाइरसको संक्रमणका कारण २ हजार २ सय ३४ जनाको मृत्यु भएको छ । हाल २९ हजार ४ सय ६ जना संक्रमित छन् । १० हजार ४ सय ५७ जना उपचारपछि घर फर्किएका बताइएको छ ।
जर्मनीमा कोरोना भाइरसको संक्रमणका कारण २६७ व्यक्तिको मृत्यु भएको छ । हाल ४३ हजार ९३८ जना संक्रमित छन् । यसैबीच ५ हजार ६ सय ७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण १ हजार ३ सय जनाको मृत्यु भएको छ । हाल ८५ हजार ५ सय ९४ जना संक्रमित छन् भने १ हजार ८ सय ६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण १ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ । शुक्रबार प्राप्त समाचारअनुसार २९ हजार १ सय ५५ संक्रमित छन् भने ४ हजार ९ सय ४८ जना उपचारपछि घर फर्किएका छन् ।
जर्मनीमा कोरोना भाइरसको संक्रमणका कारण २ सय ६७ व्यक्तिको मृत्यु भएको छ । हाल ३७ हजार ३ सय २३ जना संक्रमित छन् । यसैबीच ३ हजार ५ सय ४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणका कारण १ सय ३९ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ३ सय ३२ जना संक्रमित भएका छन् । ४ हजार ५ सय ५८ उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्विट्जरल्यान्डमा कोरोना भाइरस संक्रमणका कारण १ सय ९२ व्यक्तिको मृत्यु भएको छ । ११ हजार ८ सय ११ संक्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।
बेलायतमा कोरोना भाइरस संक्रमणका कारण ५ सय ७८ व्यक्तिको मृत्यु भएको छ । ११ हजार ६ सय ५८ जना संक्रमित भएकामा १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेदरल्यान्डमा कोरोना भाइरस संक्रमणका कारण ४ सय ३४ व्यक्तिको मृत्यु भएको छ । ७ हजार ४ सय ३१ जना संक्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
अस्ट्रियामा कोरोना भाइरस संक्रमणका कारण ४९ व्यक्तिको मृत्यु भएको छ । ६ हजार ९ सय ९ जना संक्रमित भएकामा १ सय १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेल्जियममा कोरोना भाइरस संक्रमणका कारण २ सय २० व्यक्तिको मृत्यु भएको छ । ६ हजार ९ सय ३७ संक्रमित भएका छन् । यसैबीच ६ सय ७५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नर्वेमा कोरोना भाइरस संक्रमणका कारण १४ व्यक्तिको मृत्यु भएको छ । ३ हजार ३ सय ७२ जना संक्रमित भएकामा ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण अस्ट्रेलियामा १३, ब्राजिलमा ७७, स्विडेनमा ७७, पोर्चुगलमा ६०, क्यानाडामा ३९ , डेनमार्कमा ४१, मलेसियामा २४, आयरल्यान्डमा १९, पोल्यान्डमा १६ , ग्रीसमा २७, इन्डोनेसियामा ७८, फिलिपिन्समा ४५, हङकङमा ४, इराकमा ३६, अल्जेरियामा २५ , भारतमा २०, पाकिस्तानमा ९, थाइल्यान्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ८, इजिप्टमा २४, पानामामा ९, अर्जेन्टिनामा १२, लेबनानमा ६, संयुक्त अरब इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ११, अफगानिस्तानमा ४ , नाइजेरियामा १, बङ्गलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ ।
संक्रमित मात्र देशहरूमा नेपाल, म्यानमार माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६