विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २ सय ९३ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार संंसारभरि ४ लाख ७१ हजार ३ सय ११ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
संक्रमित व्यक्तिहरुमा १ लाख १४ हजार ६ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ३ लाख ३५ हजार ३ सय ७१ व्यक्ति हाल उपचारारत छन् ।
चीनको हुबेइ प्रान्तको उहान सहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।
हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको संक्रमणका कारण ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३ सय ८६ जना संक्रमित छन् । ९ हजार ३ सय ६२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसको संक्रमणको कारण स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । हाल ४९ हजार ५ सय १५ जना संक्रमित छन् । बिहीबार प्राप्त एक समाचारका अनुसार ५ हजार ३ सय ६७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमणबाट चीनमा ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ भने त्यहाँ ८१ हजार २ सय ८५ जना संक्रमित छन् । चीनबाट बिहीबार प्राप्त समाचारअनुसार ७४ हजार ५१ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा कोरोना भाइरसको संक्रमणका कारण २ हजार ७७ जनाको मृत्यु भएको छ । हाल २७ हजार १७ जना संक्रमित छन् ।
जर्मनीमा कोरोना भाइरसको संक्रमणको कारण २०६ व्यक्तिको मृत्यु भएको छ । हाल ३७ हजार ३ सय २३ जना संक्रमित छन् ।
यसैबीच ३ हजार ५ सय ४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण १ हजार ३१ जनाको मृत्यु भएको छ । हाल ६८ हजार ३ सय ६७ जना संक्रमित भने ३ सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण १ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । बिहीबार प्राप्त समाचारअनुसार २५ हजार २ सय ३३ संक्रमित छन् भने ३ हजार ९ सय जना उपचारपछि घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणका कारण १ सय ३१ व्यक्तिको मृत्यु भएको छ । ९ हजार २ सय ४१ संक्रमित भएका छन् । सोमबार प्राप्त समाचारअनुसार ४ हजार १ सय ४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्विट्जरल्यान्डमा कोरोना भाइरस संक्रमणका कारण १ सय ५३ व्यक्तिको मृत्यु भएको छ । १० हजार ८ सय ९७ जना संक्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।
बेलायतमा कोरोना भाइरस संक्रमणका कारण ४ सय ६५ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ५ सय २९ संक्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेडरल्यान्डमा कोरोना भाइरस संक्रमणको कारण ३ सय ५६ व्यक्तिको मृत्यु भएको छ । ६ हजार ४१२ संक्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
अस्ट्रियामा कोरोना भाइरस संक्रमणको कारण ३१ व्यक्तिको मृत्यु भएको छ । ५ हजार ५ सय ८८ संक्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेल्जियममा कोरोना भाइरस संक्रमणको कारण १ सय ७८ व्यक्तिको मृत्यु भएको छ । ४ हजार ९ सय ३७ जना संक्रमित भएका छन् । यसैबीच ५ सय ४७ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नर्वेमा कोरोना भाइरस संक्रमणको कारण १४ व्यक्तिको मृत्यु भएको छ । ३ हजार ८४ जना संक्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण अस्ट्रेलियामा ११, ब्राजिलमा ५९, स्वेडेनमा ६२, पोर्चुगलमा ४३, क्यानाडामा ३६ , डेनमार्कमा ३४, मलेसियामा २०, आयरल्यान्डमा ९, पोल्यान्डमा १४ , ग्रीसमा २२, इन्डोनेसियामा ५८, फिलिपिन्समा ३८, हङकङमा ४, इराकमा २९, अल्जेरियामा २१ , भारतमा १२, पाकिस्तानमा ८, थाईल्यान्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ५, इजिप्टमा २१, पानामामा ८, अर्जेन्टिनामा ८, लेबनानमा ६, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ६, अफगानिस्तानमा २, नाइजेरियामा १, बङ्गलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ ।
बिहीबारसम्म संक्रमित मात्र देशहरुमा नेपाल, म्यानमार काजाकिस्तान, माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि छन् ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६