बेलायती युवराज चार्ल्सलाई कोरोना संक्रमण देखिएको छ । प्रिन्स अफ वेल्स युवराज चार्ल्सलाई कोरोना भाइरस देखिएको तर उनको अवस्था सामान्य रहेको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
युवराज चार्ल्स ७० वर्षका छन् । चार्ल्स अहिले आफ्नाे घर स्कटल्यान्डमा सेल्फ आइसोलेसनमा बसेको बताइएको छ । चार्ल्स केही समयदेखि सेल्फ क्यावरेन्टाइनमा थिए । उनी घरबाटै काम गरिहेका थिए । तर पनि उनलाई भाइरसको संक्रमण भएको छ ।
काेराेना संक्रमणकाे कुनै लक्षण नदेखिए पनि नियमित जाँच गर्दा उनमा भाइरस देखिएकाे हाे ।
बेलायतम बृद्ध अवस्थामा रहेकाहरू सबैकाे काेराेना परिक्षण गर्ने नीति लिइए अनुरूमा युवराज चार्ल्सकाे परिक्षण भएकाे थियाे ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६