काठमाडौं । चैत १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । कोरोनाभाइरस सन्त्रासपछिको लकडाउनका कारण प्रतिनिधिसभाको बैठक आगामी चैत २३ गते सम्मका लागि स्थगित गरिएको हो ।
बुधबार संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले एक विज्ञप्ति जारी गर्दै संसदको बैठक स्थगित भएको जनाएका हुन् । योगीले भने, बिहीबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोभिड-१९ भारइरसको सम्भावित संक्रमणका कारण नेपाल सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएका कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।
सरकारले देशभर अत्यावाश्यक सेवाबाहेकका सबै सेवाको आवतजावतमा प्रतिबन्ध लगाएकाले प्रतिनिधि सभा नियामावली २०७५को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६