रसियामा बुधबार ७.५ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प भएको छ । सेभरो कुरिलास्कको कुरिल टापुबाट २ सय १९ दक्षिणपूर्वमा भूकम्पको केन्द्र रहेको अमेरिकी जिओलोजिकल सर्भेले जनाएकाे छ ।
प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुबाट १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेकाे छ ।
रसिया टुडेले पनि दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६