काठमाडौं । कोरोना भारस (कोभिड–१९) को संक्रमणविरुद्ध सरकारले स्थापना गरेको कोरोना कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका ६ जना सदस्यले १ महिइनाको तलब दिने भएका छन् ।
मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव, इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको पारिश्रमिक बराबर दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, संचार विज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको पारिश्रमिक बराबर दिने घोषणा गरेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६