विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको कारण सोमबारसम्म १४ हजार ७ सय ४ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभर ३ लाख ४० हजार ३२ जना कोरोना भाइरस संक्रमित भएका छन् । संक्रमित व्यक्तिमा ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । २ लाख २६ हजार ३ सय १२ जना हाल संक्रमित छन् ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमण हालसम्म १ सय ९२ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।
चीनको हुबेई प्रान्तको उहानबाट सुरु भएको यस कोरोना भाइरस संक्रमणबाट चीनभरी ३ हजार २ सय ७२ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार ९३ जना संक्रमित छन् ।
हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको संक्रमणको कारण ५ हजार ४ सय ७६ व्यक्तिको मृत्यु भएको छ ।
हाल ५९ हजार १ सय ३८ जना संक्रमित छन् । सोमबार प्राप्त समाचारका अनुसार ७ हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा कोरोना भाइरसको संक्रमणको कारण १ हजार ६ सय ८५ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार ६ सय ८५ जना संक्रमित छन् । ७ हजार ९ सय १३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।
कोरोना भाइरसको संक्रमणको कारण स्पेनमा १ हजार ७ सय ७२ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ७ सय ६८ जना संक्रमित छन् । सोमबार प्राप्त समाचारका अनुसार २ हजार ५ सय ७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
जर्मनी कोरोना भाइरसको संक्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८ सय ७३ जना संक्रमित छन् । सोमबार प्राप्त समाचारका अनुसार २ सय ६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ४ सय ५७ व्यक्तिको मृत्यु भएको छ । हाल ३५ हजार ६० जना संक्रमित भने १ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्समा कोरोना भाइरस संक्रमणको कारण ६ सय ७४ व्यक्तिको मृत्यु भएको छ । हाल १६ हजार १८ जना संक्रमित छन् । १ हजार २ सय ९५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको कारण १ सय ११ व्यक्तिको मृत्यु भएको छ । ८ हजार ९ सय ६१ संक्रमित भएका छन् । समाचार अनुसार ३ हजार १ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्विट्जरल्यान्डमा कोरोना भाइरस संक्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ । ७ हजार ७ सय २४ संक्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।
बेलायतमा कोरोना भाइरस संक्रमणको कारण २८१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ६८३ संक्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेडरल्यान्डमा कोरोना भाइरस संक्रमणको कारण १७९ व्यक्तिको मृत्यु भएको छ । चार हजार २०४ संक्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
अष्ट्रियामा कोरोना भाइरस संक्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ६१९ संक्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेल्जियममा कोरोना भाइरस संक्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ४०१ संक्रमित भएका छन् । यसैबीच ३४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
भारतमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट सात व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा ४० मा संक्रमण देखिएको र एकको मृत्यु भएको छ । रासस
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६