काठमाडौं । साेमबारबाट सेयर कारोबार बन्द हुने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरबजारसँग सम्बन्धित सबै सरोकारवालालाई बोलाएर आइतबार छलफल गरेका थिए ।
छलफलमा अर्थमन्त्रीले सेयर कारोबारको विषयमा सोधेको प्रश्नमा नेपाल धितोपत्र बोर्ड र नेप्सेले बन्द गर्ने विषयमा एकआपसमा आरोपप्रत्यारोप गरेका थिए ।
आइतबारको बैठकमा बोर्डलाई स्पष्ट निर्देशन दिन अर्थमन्त्रीले आग्रह गरेका थिए । मन्त्रीको निर्देशनपछि बोर्डले विशेष अधिकार प्रयोग गर्दै ५ दिन सेयर कारोबार बन्द गर्ने निर्देशन दिने सहमति गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उसले धितोपत्र सम्बन्धी एन, २०६३ लाई ले दिएको विशेष अधिकार प्रयोग गर्दै बजार बन्द गराउने छ। एन को दफा ९० मा विशेष अधिकारको व्यवस्था छ ।
जसमा ४ वटा विशेष अधिकारको व्यवस्था छ । जसमा दफा ९० को १ को घ मा धितोपत्र बजारसँग परामर्श गरी ५ दिनसम्म बजार बन्द गर्न सक्ने व्यवस्था छ । यही अधिकार प्रयोग गर्दै बोर्डले निर्देशन दिने भएको हो ।
लगानीकर्ता संघका नेताहरुले आइतबारदेखि नै बजार बन्दगर्ने माग गरे पनिधितोपत्रबोर्डले बजार बन्द गर्ने कि खुल्ला राख्ने भन्ने सम्बन्धमा निर्णय नगर्दा आइतबारको शेयर बजार खुलेको थियो ।
आइतबार बजार खुलेपछि लगानीकर्ता संघका पदाधिकारीहरु नेप्से, अर्थ मन्त्रालयदेखि सेबोनसम्म पुगेर बजार बन्द गर्न दवाव दिएका थिए
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६