काठमाडौँ । कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।
पटनामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। व्यापारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भारतको पटनास्थित पटना मेडिकल कलेज एन्ड हस्पिटलमा भर्ना गरिएको छ । आशंका गरिएका व्यवसायीलाई वीरगन्जकै गण्डक अस्पतालले पटना रिफर गरेको थियो।
पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो ।
यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतिजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६