भारतीय गायिका कनिका कपुरलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
कोरोनाको संक्रमण देखिएपछि उनलाई उत्तर प्रदेशको राजधानी लखनउको केजिएमयु अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनी ५ दिनअघि लन्डनबाट भारत फर्किएकी थिइन् ।
लखनउमा एक अपार्टमेन्टमा बसेकी कनिकाले १ होटलमा पार्टी पनि दिएकी थिइन् । पार्टीमा करिब ५ सय जान सहभागी थिए ।
कानिकालाई कोरोनाको संक्रमण देखिएपछि उनको पार्टीमा सहभागी भएकाहरुको खोजी भइरहेको स्वास्थ्य विभागलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको सबैको नमुना परीक्षण गरिने स्वास्थ्य विभागले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६