काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ३ जना कार्यकर्ता पक्राउ परेका छन् ।
पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराएको आशंकामा प्रहरीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीका लक्ष्मण सेठी, कालिकोटका टेक लुहार र कैलालीका अमृत कुमाल रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ । २८ फागुनमा बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६