रंगेली । मोरङको सीमावर्ती क्षेत्रमध्ये विगत केही महिनादेखि सुनबर्सी नगरपालिकाको सिक्टी-डाइनियाँ-पथरी जोड्ने सडक लागुऔषध ओसारपसारको मुख्य केन्द्र हुन थालेको छ ।
रंगेली प्रहरीको सक्रियतामा लागुऔषध ओसारपसार गर्ने युवा अहिले धमाधम पक्राउ पर्ने थालेका छन । सुनबर्सी ८ स्थित डाइनियाँ सिक्टी सडक खण्डअन्तर्गत हर्चनगढीबाट बिहीबार दिउँसो डाइनियाँतर्फ आउँदै गरेको अवस्थामा लागुऔषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
मे ४ प ७७३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका पथरी शनिश्चरे ६ बस्ने २८ वर्षीय शिवनारायण चमार र सोही स्थान बस्ने २९ वर्षीय काजीमान बिकलाई पक्राउ गरेकाे रंगेली प्रहरीले जनाएकाे छ ।
जाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध नाइट्राभेट ३९ ट्याव्लेट, एक बोतल कोरेक्स र एस्पिभिआइट ट्याब्लेट १६ थान बरामद भएकाे छ ।
उनीहरुलाई लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६