म्याग्दी जिल्लाकाे अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घाेडेपानी प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य हो ।
लालीगुँरासको जंगलको बीचमा रहेको पहाडको टाकुरामा अवस्थित घोडेपानी अवलोकन गर्न आउने पर्यटकको भीड लाग्ने गरेकाे छ ।
वरपरका पहाडी भूगोलको मनमोहक दृश्यले पनि जोकसैको मन लोभिन्छ । चैत, वैशाखमा फुल्ने विभिन्न प्रजातिका लालीगुराँसले यहाँबाट हुँदै जाने पुनहिल यात्रालाई थप आकर्षक बनाउन सक्छन् ।
यहाँ १६ प्रजातिका लालीगुराँस पाइन्छन् । पुनहिल भ्रमणका लागि आउने पर्यटक १ रात घोडेपानीमा बिताउँछन् ।
हेराैं घाेडेपानीका केही मनमाेहक तस्बिरः
तस्बिरहरू : थममाया थापाकाे फेसबुकबाट
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६