राजविराज । सप्तरीको सुरुंगामा पेट्रोलको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुरुंगा नगरपालिका-७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नम्बर-५ का ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ।
पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट ५ लिटर र भगतको साथ २ लिटर पेट्रोल बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले कुशाहास्थित पसलबाट पेट्रोल प्रतिलिटर १ सय २० का दरले बिक्री गरिरहेको कार्कीले बताए ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय कडरबोनामा हिरासतमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६