भारतमा कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका १ व्यक्तिले आत्महत्या गरेका छन् ।
भारतीय प्रहरीका अनुसार राजधानी दिल्लीस्थित सफदरजंग अस्पतालको आइसोलेसन वार्डमा राखिएका १ बिरामीले बुधबार राति हामफालेर आत्महत्या गरेका हुन् ।
हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौँ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार उनलाई बुधबार राति नै आईजीआई विमानस्थलबाट शंकास्पद बिरामीको रुपमा अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६