काठमाडौं । किशोरीलाई सामूहिक बलात्कार गरेको आराेपमामा ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी वृत थानकोटको टोलीले राप्ती गाउँपालिकाका २४ वर्षीय सञ्जय मागर, रामेछापका १९ वर्षीय कपिल खड्का र सिन्धुलीकाे सुनकोसी गाउँपालिकाका १८ वर्षीय पासाङ तामाङलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले मंगलवार राति काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ तीनथानमा रोकिराखेको ना ३ ख ६९४ नम्वरको ट्रकभित्र १७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ ।
उनीहरुले चैत ४ गते बिहान २ बजे उनीहरुले किशोरीलाई ट्रकभित्र लगेर बलात्कार गरेको थिए ।
प्रहरीले नियन्त्रणमा लिएका तीनै जना ट्रकका सहचालक भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्वन्धि कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६