काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।
उनले १० लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । रोजगारीको प्रलोभनमा पारी ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ लिई उनी फरार भएका थिए ।
पीडितको जाहेरीका आधारमा खोजी गर्दैगर्दा काठमाडौंको गंगबुबाट उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।
उनलाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६