चीनकाे वुहान सहरबाट सुरु भएकाे कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ७ हजार १ सय ७१ व्यक्तिको मृत्यु भएको छ ।
१ लाख ८२ हजार ६ सय ५ जना संक्रमित भएको मध्ये ७९ हजार ८ सय ८१ जनाको सफल उपचार भएको छ ।
९५ हजार ५ सय ५३ जना उपचारकै क्रममा छन् । तीमध्ये ६ हजार १ सय ६३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
पछिल्लो समय कोरोनाको उद्गम मानिएको चीनभन्दा बाहिर अर्थात् युरोप क्षेत्रमा यसको संक्रमण व्यापक बनिरहेको छ ।
इटलीमा मृतकको संख्या २ हजार १ सय ५८ पुगेको छ । स्पेनमा ३ सय ४२ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ सय ४८, स्विजरल्यान्डमा १९, बेलायतमा ५५, नेदरल्यान्डस्मा २४, अमेरिकामा ९१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी इरानमा ८ सय ५३, दक्षिण कोरियामा ८१ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६