काभ्रे । आन्दोलन चर्किएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले पनौती आसपासको क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।
टिप्परको ठक्करबाट सोमवार पनौतीमा आमा छोरीको मृत्यु भएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।
दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शनकारीले हिजो साँझ प्रहरीको पोस्टमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले अर्को आदेश नभएसम्मको लागि कर्फ्यु जारी गरिएको बताइएको छ ।
अर्को सूचना जारी नभएसम्म निश्चित क्षेत्रमा कर्फ्यू लगाइएको छ सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईँले भनिन् ।
टिपरको ठक्करबाट जुनीमाया गोले र स्मारिका तामाङको सोमवार मृत्यु भएको थियो । प्रहरी र स्थानीयबीच सोमबार साँझ झडप भएको थियो । त्यसक्रममा प्रहरीले दर्जन राउन्ड हवाइ फायर समेत गरेका थिए ।
कर्फ्युका कारण मंगलबार हुने भनिएकाे कक्षा ८ को परीक्षा समेत स्थगित भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६