काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधि गरेका छन् । उनले राजनीतिशास्त्रमा विद्यावारिधि गर्दै ८ाक्टर बनेका हुन् ।
उपप्रधान, गृह र रक्षामन्त्रीसमेत भइसकेका रावलले ‘पोलिटिकल भ्वाइलेन्स एन्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल’ शीर्षकमा विद्यावारिधि प्राप्त गरेका हुन् ।
सोमबार रावलको शोध प्रबन्धको भाइभा थियो । रिसर्च कमिटीका प्राध्यापकमाझ रावलले आफ्नो शोध प्रबन्धको विस्तृतमा चर्चा गरेका थिए । रावलको शोधप्रबन्ध गाइडको रुपमा राजनीतिक शास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. मीना वैद्य थिइन् ।
पिएचडी रिसर्चका लागि रावल पछिल्लो समय राजनीतिमा भन्दा अध्ययनमा बढी व्यस्त थिए ।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६