रंगेली । एकका लागि सबै, सबैका लागि एक भन्ने मूल नाराका साथ माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मेलिना गेस्ट हाउसमा सहकारी व्यवस्थापन गर्नका लागि ६ दिने आधारभूत तालिम सुरु भएको छ ।
उक्त तालिममा रंगेली नगरपालिका, सुनबर्सी नगरपालिका, रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाका सहकारीमध्येे सफल र उत्कृष्ट व्ययवसाय समेत गरिरहेका २५ वटा सहकारीका प्रतिनिधिलाई समावेश गरेर ६ दिने सहकारी व्यवस्थापन सम्बन्धी आधारभूत तालिम सुरु गरिएको हाे ।
एक कार्यक्रमकाे आयाेजना गर्दै विधिवत रुपमा तालिमको उद्घाटन गरिएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ माेरङका अध्यक्ष डिल्ली पाेख्रेल तथा अतिथिहरु राकेश दाहाल, सद्भाव सरकारीका अध्यक्ष एवम् इन्जिनियर कमलेश्वर ठाकुर, रामनारायण मण्डल, विभिन्न सहकारीका सदस्य उपस्थिति थियोे ।
सहकारी सञ्चालन गर्ने ब्यक्तिहरुलाई सहकारीका बारेमा जानकारी नहुँदा पछिल्लो समयमा धेरै सहकारी संस्थाहरु बन्द भएको हुनाले यस्तो प्रकारको आधारभूत तालिम सञ्चालन गरेको डिल्ली पाेख्रेलले बताए ।
कार्यक्रममा उपस्थिति रहेका अतिथिहरुले सहकारीका बारेमा धारणा राखेका थिए । उक्त कार्यक्रममा नरेन्द्र पराजुली, रमेश ढकाल, हर्कुलस पाेख्रेल लगायतले तालिमको प्रशिक्षण दिने भएका छन् ।
जिल्ला सहकारी संघ माेरङकाे संयाेजन तथा सहकारी प्रशिक्षालय प्रदेश नम्बर १ काे आयाेजनामा तालिम सञ्चालन भएको हाे ।
प्रकाशित मिति: शनिबार, चैत १, २०७६