काठमाडौं । नेपाली बजारमा केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार एकै दिन ३ हजार रुपैयाँले घटेकाे छ ।
बिहीबार तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य शुक्रबार तोलामा ३ हजारले घटेर ७८ हजार ५ सय पुगेकाे हाे ।
त्यस्तै तेजाबी सुनको मूल्य शुक्रबार ७८ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८१ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार ८ सय ६० रुपैयाँमा प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ४० रुपैयाँले घटेर ८ सय २० रुपैयाँ तोकिएको छ ।
केही दिनअघि तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसपछि सुनको भाउ घट्न थालेको छ । कोरोना भाइरसका कारण निरन्तर बढेको सुन केही दिनयता घट्दै आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार काेराेना भाइरसकाे उद्गम मुलुक चीनले आफ्नाे देशमा काेराेनाकाे उच्च प्रकाेप सकिएकाे घाेषणा गरेकाे थियाे । त्यसकाे भाेलिपल्टै सूनकाे मूल्यमा यति ठूलाे गिरावट आएकाे हाे ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६