रंगेली । माेरङकाे सुनबर्सी नगरपालिका ८ हर्चनगढीबाट प्रहरीले कटुवा पेस्ताेलसहित ३ जनालाई पक्राउ गरेकाे छ ।
हर्चनगढीमा रहेको महादेव मण्डलकाे हाेटलमा बसेर रक्सी सेवन गरेर बसिरहेकाे अवस्थामा गएराति प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
भारत अररियाका २१ वर्षीय अजयकुमार मण्डल, साेही स्थान बस्ने १८ वर्षीय आनन्द मण्डल र २१ वर्षका राकेशकुमार मण्डललाई अनटेस्ट पल्सर माेटरसाइकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।
उनहरूकाे साथबाट १ थान कटुवा पेस्ताेल र साेमा लाग्ने गाेलीसमेत बरामद भएकाे प्रहरीले जनाएकाे छ । उनीहरुलाई हतियार ओसारपसारअन्तर्गत मुद्दा दर्ता गरिने दाहालले बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६