जनकपुर । अधिक घरेलु मदिरा सेवन गरेका धनुषाका ५ जनाकाे मृत्यु भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा होलीको दिन अधिक मदिरा सेवन गरेका ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रामनारायण महरा, राजु महरा, गुद्री महरा, रामविलास मण्डल र ब्रहमदेव यादव छन् । मृत्यु हुनेमा १ जना भारतीय हुन् भने बाँकी सबै क्षीरेश्वर नगरपालिकाका स्थानीय भएको प्रहरीले जनाएको छ ।
रक्सी सेवन गरेका ३ जनाको बुधबार र २ जनाको बिहीबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरेलु मदिराकै सेवनबाट गम्भीर बिरामी परेका २७ वर्षीय इनरजीत महरालाई बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६