काठमाडौं । धनुषाबाट अपहरणमा परेकी १ किशाेरीकाे प्रहरीले उद्धार गरेकाे छ ।
बुधबार दिउँसो धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का लालबहादुर मोक्तानी १४ वर्षीया छोरी करिना मोक्तान अपहरणमा परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरुबहादुर बुढा मगरका अनुसार बालिकालाई १०–१२ जना व्यक्तिहरुले घरबाट लगेका थिए । प्रहरीले उदयपुर र सिरहाको सीमा क्षेत्रबाट ती बालिकाको उद्धार गरेको हो ।।
किशोरी अपहरणमा सलग्न भएकाे भन्दै प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ महिला र ८ पुरुष छन् ।
उनीहरुको साथबाट ३ थान पेस्तोलसँगै १२ वटा बम बरामद भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६