काठमाडाैं । धितोपत्र बजारमा सेयर काराेबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । मंगलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से झण्डै ४६ अंकले घटेको छ ।
नेप्से ४५.९१ अंकले घटेर १ हजार ३७७.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ९.१९ ले घटेर २९५.५० मा पुगेको छ । कुल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता सेयर रु दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको काराेबार भएको छ ।
नेप्सेका अनुसार काराेबार भएका कुल १२ उपसमूहकै सेयर ओरालो लागेको छ । बैंकिङ ४०.४२, व्यापार १२.०९, होटल ९२.६७, विकास बैंक ४६.६, जलविद्युत् ३२.९१, वित्त १५.३७, निर्जीवन बीमा ३१७, उत्पादन ७६.२५, अन्य १५.२२, लघुवित्त ८९.६३, जीवन बीमा २३७.३ र सामूहिक लगानी कोष ०.१९ ले घटेको छ ।
काराेबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ८२ लाख १५ हजार ६६८ बराबरको काराेबार भएको छ ।
यस्तै एनआइसी एशिया बैंक रु ११ करोड ६३ लाख ८५ हजार ६८३, एनएमबी बैंक रु नौ करोड ४१ लाख ६५ हजार २६१, शिवम् सिमेन्ट रु सात करोड ८२ लाख ४८ हजार १३९, हिमालयन डिस्टिलरी रु सात करोड सात लाख ६ हजार ६४६, नेपाल बैंक लिमिटेड रु पाँच करोड ८९ लाख ६९ हजार ४३१ र नवील बैंक रु पाँच करोड २३ लाख ३० हजार ८६४ बराबरको काराेबार भई शीर्ष स्थानमा रहे ।
काराेबारका आधारमा आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी २.४८, एविएल डिवेञ्चर १.९८, दिव्यश्वरी हाइड्रोपावर १.९६, नविल व्यालेन्स फण्ड १.९६ र महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले १.७० प्रतिशतले कमाएका छन् ।
त्यस्तै स्वाभिमान लघुवित्त १०, राधी विद्युत् कम्पनी ९.५२, हिमाल दोलाख हाइड्रोपावर ९.२७, बोटलर्स नेपाल तराई ८.४५, स्पर्श लघुवित्त ८.०५, आइएमई जनरल इन्स्योरेन्स ७.१९ र नेपाल फाइनान्सका सेयरधनीले ७.१४ प्रतिशतले गुमाए । रासस
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६