काठमाडौं । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ एल्बम ‘मायाको सागर’ बुधबार सार्वजनिक भएको छ ।
वरिष्ठ सङ्गीतकार शिलाबाहादुर मोक्तानको प्रमुख आतिथ्यतमा आयोजित एक कार्यक्रमबीच एल्बम सार्वजनिक गरिएको हो ।
सो एल्बममा १२ भाषा समेटिएको छ । एल्बममा नेपाली, हिन्दी, चाइनिज, जापानिज, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन र थाई गरी १२ भाषामा गीत रहेको गीतकार उपाध्यायले बताए ।
नेपाली भाषामा सागर अधिकारी ‘शरद’, हिन्दीमा डा. डीआर उपाध्याय र अन्य भाषामा प्रकाश तिमिल्सिनाको स्वर छ । सबै गीतमा सन्तोष श्रेष्ठको सङ्गीत छ भने एरेन्ज देवेन्द्र नेवाःले गरेका छन् ।
गीत लेखेरै उनले १४ वटा अन्तर्राष्ट्रिय रेकर्ड राखिसकेका छन् । उपाध्यायले मिराकल वर्ल्ड रेकर्ड, इन्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रकेर्ड, जीनस वर्ल्ड रेकर्ड, एभरेस्ट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको नामको खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । ‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार उपाध्याय वर्ष गीत पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६